Breaking News
एमालेका ४ जनाबाहेक सबै मन्त्री बाहिरिने, शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री
०

काठमाडौं, जेठ २१ –
प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक सबैलाई पदमु्क्त गराउने भएका छन् । ओली निकट स्रोतका अनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिने भएका हुन् ।
प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) का ८ जना मन्त्री र दुई राज्यमन्त्री तथा एमालेका दुई मन्त्रीलाई शपथ गराउने तयारी गरेका छन् । एमालेबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मा रघुबीर महासेठले पाउने भएका छन् । भने शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























