चितवन विशेष

सौराहाका ४१ नीजि हात्तीका लागि चना र सख्खर सहयोग

Banner

चितवन, जेठ २१
चितवन पर्यटकीय नगरी सौराहामा लकडाउनका कारण प्रभावित बनेका हात्तीहरुलाई पौष्टिक आहार सहयोग गरिएको छ ।

विशेष गरी नीजि स्तरबाट पालिएका हात्तीहरु पर्यापर्यटन ठप्प हुँदा आहारमा कमी आएपछि वन्यजन्तु प्रेमी सम्बद्ध नेपाल एलिफेन्ट वाक सेन्चुरी र जेन्टल जायन्ट्स स्टे होम संयुक्त पहलमा हात्तीहरुका लागि पौष्टिक आहार सहयोग गरिएको हो ।

पछिल्लो जंगलमा जाँदा आफै घाँसपात खाँदै आएका हात्तीहरु हात्ती सफारी बन्द भएपछि उनीहरुको खानामा आधा कम भएको थियो । भने व्यवसायीहरु समेत खाना खुवाउन समस्यामा परेका थिए । यहाँका ४१ निजी हात्तीहरुलाई १०२५ केजी चना र ८२० केजी सख्खर सहयोग गरिएको नेपाल एलिफेन्ट वाक सेन्चुरीका अध्यक्ष सुधा ढकालले जानकारी दिए ।

युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीको अध्यक्षतामा सम्पन्न खाद्यान्न वितरण कार्यक्रममा विश्वभरी फैलीएको कोभिड–१ं को विषम परिस्थितिमा सौराहको हात्तीहरुलाई गरिएको खाद्यान्न सहयोगले ठूलो राहत मिलेको व्यवसायीहरुले बताएका छन् ।

नेपाल एलिफेन्ट वाक सेन्चुरीका अध्यक्ष सुधा ढकालले कोरोना महामारीको स्थिति सामान्य नहुन्जेलसम्म हात्तीहरुलाई खाद्यान्न सहयोग गरिने बताइन् ।

ढकालले सदर चिडियाखाना जावलाखेलमा रहेको पवनकली हात्तीलाई पनि खाद्यान्न सहयोग वितरण गरिने बताइन् । खाद्यान्न वितरणको लागि जेन्टल जायन्ट्स स्टे होमका डिंना मुनोज र कोल्बी स्टेनरले आर्थिक सहयोग प्रदान गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>