Breaking News

जसपाले टुङ्ग्यायो मन्त्रीहरुको नाम, मन्त्रालयमा कुरा मिले आजै सपथ हुने

Banner

काठमाडौं, जेठ २१
जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ ।

जसपाका एक कार्यकारिणी समिति सदस्यले दिएको जानकारी अनुसार राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल मियाँ र रेनुका गुरुङ सरकारमा सहभागी हुन लागेका हुन् । यसमध्ये आठजना मन्त्री दुईजना राज्यमन्त्री हुने बताइएको छ ।

यद्यपि, मन्त्रालयको विषयमा भने कुरा मिलेको छैन । आफूले माग गरेअनुसार गृहमन्त्रालय नदिने भएपछि ठाकुर पक्षले भौतिक मन्त्रालय र उद्योग मन्त्रालय माग गरिरहेको छ । तर हालसम्म यस विषयमा कुरा मिलेको छैन । मन्त्रालयमा कुरा मिले आजै साँझसम्म सपथ लिने तयारी समेत गरिएको छ ।

मन्त्रालयको विषयमा टुंगो लगाउन जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>