राजनीति
राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
०
काठमाडौं, जेठ १९ –
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लुम्बिनी प्रदेशमा हालै सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन आज पेश भएको छ ।
निर्वाचन आयोगले राष्ट्रियसभामा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम आज उक्त प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उक्त निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको थियो । (रासस)
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























