Breaking News
नेपालमा थप ६,८२५ जनामा कोरोना संक्रमण, ५९०४ जना संक्रमणमुक्त, ७५ जनाको मृत्यु
०

काठमाडौं, जेठ १९ –
पछिल्लो २४ घण्टामा थप ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ५३१ पीसीआर परीक्षणमा ५८२५ र ३ हजार २११ एन्टिजेन परीक्षणमा एक हजार गरी ६,८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज कोरोना संक्रमणबाट ७५ जनाको मृत्यु भएको छ । भने आज कोरोना संक्रमणबाटमुक्त हुनेको संख्या ५९०४ रहेको छ ।
देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ जना रहेको छ । यस्तै मृतकको कुल संख्या ७ हजार ६३० पुगेको छ ।
हाल देशभर कोरोनाको सक्रिय संक्रमित १ लाख १ हजार ८३९ जना रहेको छ
योसँगै नेपालमा संक्रमणबाटमुक्त हुनेको दर ८१ प्रतिशत पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























