चितवन विशेष
भरतपुर अस्पतालमा बिरामी श्रीमती जचाँउन आएका एक व्यक्ती वेपत्ता
०

भरतपुर, जेठ २० –
भरतपुर अस्पतालमा बिरामी श्रीमती जचाँउन आएका एक व्यक्ती हराएका छन् । सर्लाहीको लालबन्दी २ बस्ने दुर्गा बहादुर भन्जाली हराएका हुन् । ५२ वर्षीय दुर्गा जेठ ८ गते भरतपुर अस्पतालमा आफ्नो श्रीमतीलाई उपचार गर्न आएका थिए ।
जेठ १४ गते दिउँसो १ बजे दुर्गा अस्पतालबाट रिफ्रेसमेन्टको लागि भरतपुर ११ अमनचोक तिर निस्किएको परिवारका सदस्यहरुले बताए । अमनचोकबाट दुर्गा नफर्किएपछि उनीहरुले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन । हालसम्म दुर्गाको खोजिकार्य गरिदिन आफन्तहरुले अनुरोध गरेका छन् । दुर्गा बहादुरलाई देख्नेले उक्त फोन नं ९८१७८९७७८४ मा सम्र्पक गरिदिन परिवारले आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























