Breaking News

काठमाडौं उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा थपियो, खाद्यान्न र किराना पसल खोल्न पाइने

Banner

काठमाडौं,जेठ १९-

काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि थपिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार र बुधबार बसेको बैठकले थप १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले केही क्षेत्रमा निषेधाज्ञा खुकुलो बनाइएको पनि जानकारी दिए। ‘जेठ ३१ सम्म निषेधाज्ञा थप्ने निर्णय भएको छ,’उनले भने,‘अहिले बन्द रहेका खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोरहरू जेठ २१ गतेदेखि बिहान ९ बजेसम्म खोल्न दिने निर्णय भएको छ।’

विकास निर्माण कार्यका हकमा सिमित कामदार राखेर काम गर्न दिने निर्णय पनि गरेको उनले बताए। उनका अनुसार रातिको समयमा निर्माण सामग्री पनि ओसारपसार गर्न दिने निर्णय भएको छ। यसअघि जेठ १४ गते एक साताका लागि जारी निषेधाज्ञा बिहीबार राति सकिँदै छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>