Breaking News

एमाले स्थायी कमिटी बैठक आज बस्दै

Banner

काठमाडौं, जेठ १९ –

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाइएको एक नेताले बताएका हुन् ।

आजको बैठकमा के के विषयमा छलफल हुनेछ भन्नेबारे प्रष्ट पारिएको छैन । पछिल्लो समय एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग संवाद अघि बढाएका छन् ।

माधव नेपाल र भीम रावल लगायतका केही नेताबाहेक दोस्रो पुस्ताका माधव पक्षीय नेताहरुसँगको निरन्तर संवाद चलिरहेको सन्दर्भमा एमालेको स्थायी कमिटी बैठकले एकताको पक्षमा थप केही लचिलो निर्णय गर्न सक्ने अनुमान समेत नेताहरुको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>