चितवन विशेष

चितवनमा प्रतिबन्धित औषधि कारोबार गर्ने मेडिकल संचालकसहित दुई पक्राउ

Banner

चितवन,जेठ १९-

चितवनमा प्रतिबन्धित औषधि कारोबार गर्ने मेडिकल संचालक सहित दुई जना पक्राउ परेका छन । भरतपुर महानगरपालिका २ पोखरा बसपार्क स्थित सत्य भगवती मेडिकल हलमा प्रतिबन्धित औषधी विक्री गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तनहुँ देवघाट गाउँपालिका ९ घर भई हाल भरतपुर ९ बस्ने २९ बर्षिय अविशेक थापा र भरतपुर २ बस्ने १८ बर्षिय आशिष तिवारी रहेका छन । प्रहरीले सो मेडिकल हलबाट एनार्गन १०१ पत्ता,ट्रामा ५८ पत्ता र ट्रफिन ८१ ट्याबलेट बरामद गरेको छ । उनिहरुलाई थप अनुसन्धान गरी आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय विरगंजमा बुझाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>