Breaking News

नेपालमा थप ६०८५ जनामा कोरोना संक्रमण, ८६९८ जना निको, ६८ जनाको मृत्यु

Banner

काठमाडौं, जेठ १५

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार १४७ पीसीआर परीक्षणमा ५२८५ जना र ३०१८ एन्टिजेन परीक्षणमा ८०० जना गरी ६०८५ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारको संक्रमणदर ३०.१७ प्रतिशत देखिएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १ लाख चार हजार ७८९ रहेको छ ।

यस्तै ६ हजार ६९८ जना निको भएका छन् । यससँगै निको हुनेको संख्या ४ लाख ५४ हजार ३४४ रहेको छ ।

यस्तै ६८ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ७ हजार ४५४ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>