Breaking News

अन्ततः वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भए राणा

Banner

काठमाडौँ, जेठ १८–

अन्ततः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन्।

सर्वोच्च अदालत बारका प्रतिनिधिसँग मंगलबार भएको भेटमा राणाले संवैधानिक इजलास गठन गर्न आफूले सर्वोच्च अदालतको कार्यसञ्चालन नियमावली परिवर्तन गर्ने जानकारी दिएका हुन्।

सर्वोच्च बारका पदाधिकारीले मंगलबार बिहान प्रधानन्यायाधीश राणालाई भेटेर संवैधानिक इजलास विवादरहित ढंगले सञ्चालन गर्न सुझाव दिएका थिए। उनीहरूले सर्वोच्चमा भएका न्यायाधीशहरूमध्ये वरिष्ठताका आधार इजलास गठन गर्न सकिने सुझाएका थिए ।

सर्वोच्च न्यायालयको शीर्ष नेतृत्व तहमा देखिएको यो विवाद सुल्झाउने सुझाव दिन सर्वोच्च बारका पदाधिकारीले मंगलबार बिहान प्रधानन्यायाधीशलाई भेटेका थिए। आजको इजलासमा प्रधानन्यायाधीश राणाले सर्वोच्च कार्य सञ्चालन नियमावली परिवर्तन गरेर वरिष्ठताका आधारमा इजलास गठन गर्ने जानकारी दिने सम्भावना छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>