Breaking News

भेडाभेडासंग र बाख्राबाख्रासंग हुन दिऊॅ! हातमिलाएर आआफ्नो बाटो लागौं!: भट्टराई

Banner

काठमाडौं, जेठ १७ –

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले हात मिलाएर आ(आफ्नो बाटो लाग्नुपर्ने बताएका छन्।

पार्टीभित्र प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिने कि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने भन्नेमा विवाद भईरहेको छ । अध्यक्ष महन्थ ठाकुर पक्षको पूर्वराजपा प्रधानमन्त्रीमा ओलीलाई नै सहयोग गरेर जानुपर्नेमा छ। तर पूर्वसमाजवादी पार्टी बाबुराम भट्टराई-उपेन्द्र यादव भने ओलीले असंवैधानिक कदम चालेकोले विकल्प खोज्नुपर्ने र देउवालाई सहयोग गर्नुपर्नेमा छन्।

विवाद बढ्दै गएपछि अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवलाई र अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुर पक्षलाई पार्टीबाटै निस्कासनसम्मको कारवाहीको चेतावनी दिएका बेला भट्टराईले आ(आफ्नो बाटो लाग्नुपर्ने बताएका हुन्।

‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो। नयाँ निर्माण निम्ति पुरानो भत्कनैपर्छ। समयले नयाँ ध्रुवीकरण खोज्दैछ,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘अत मान्छे तानातान र किनबेचको तमासा नगरौं । भेडाभेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ हात मिलाएर आ आफ्नो बाटो लागौं हिडिरहे फेरि भेट हुनेछ’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>