Breaking News

अभिलेख नराख्नु कमजोरी,तर कालिका नगरपालिकामा काम धेरै भएको छः मेयर श्रेष्ठ

Banner

चितवन,जेठ १६-

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तहहरुको स्वमुल्यांकनमा चितवनमा कम अंक पाएको कालिका नगरपालिकाले कामहरुको अभिलेखीकरण गर्न नसक्नु कमजोरी रहेको बताएको छ । तर विकास निर्माणका साथै अन्य काम प्रभावकारी र स्थानीयवासीको चाहाना अनुसार भएको दाबी गरेको छ । जिल्लाका सात पालिका मध्ये पुछारमा पर्नुका बारे जिज्ञासा राख्दा नगर प्रमुख खुमनारायण श्रेष्ठ ‘गोपी’ले गरेका कामहरुको अभिलेखीकरणमा कमजोरी भएको स्वीकार गरे । “जनप्रतिनिधीमा निर्वाचित भएदेखि नै निरन्तर काममा लाग्यौ नगर प्रमुख श्रेष्ठले भने– अभिलेख राख्ने सवालमा केही चुकेका हौ,यसलाई आगामी वर्ष सुधार गर्नेछौ ।” शाखा प्रमुखहरुको वैठक राखेर सवै कामहरुको अभिलेखीकरण गर्न निर्देशन दिईसकेको प्रमुख श्रेष्ठले वताए ।

कामहरुको अभिलेखीकरणमा कमजोरी रहेपनि पुर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनमा नगरको क्षमताले भ्याएसम्म काम गरेको उनले स्पष्ट पारे । यो बर्षदेखि कालिका १० र ११ का बाटोहरु पिच गर्ने योजना रहेको सुनाउँदै प्रमुख श्रेष्ठले समग्रमा कृषिलाई प्राथमिकता दिइएको बताए । आगामी वर्षपनि कृषिलाई प्राथमिकता दिएर काम गर्ने उनले सुनाए । सवै वडाहरुका स्वास्थ्य केन्द्र स्थापना भईसकेको भन्दै प्रमुख श्रेष्ठले वडा नम्वर ८ वाहेक सवै वडा कार्यालयको भवन यसै वर्षदेखी आफ्नै हुने वताए ।

बागमती प्रदेशमै सवैभन्दा कमजोर नगरपालिका घोषित भएको भनेर विभिन्न संचार माध्यममा आएको समाचार प्रति नगरपालिकाले आपत्ति जनाएको छ । सो प्रदेशको सवै स्थानीय तहको मुल्यांकन नहुदै कालिका प्रदेशमै कमजोर रहेको समाचार प्रकाशन भएका थिए । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अच्युतराज रेग्मीले बागमती प्रदेशका सवै स्थानीय तहको नजिता मन्त्रालयले सार्वजनिक गरिनसकेको वताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>