मकवानपुर

बाग्मती प्रदेशसभाको आठौं अधिवेशन शुरु

Banner

मकवानपुर,जेठ १६-

बाग्मती प्रदेशसभाको आठौं अधिवेशन आजदेखि शुरु भएको छ । स्वास्थ्य सुरक्षाको लागि प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकारहरुको एन्टिजेन्ट परीक्षण गरेपछि मात्र बैठक शुरु गरिएको थियोे ।
आजको बैठकमा हालै मुख्यमन्त्री डोरमणि पौडेलले पुनर्गठन गर्नु भएको मन्त्रिपरिषदबारे प्रदेश प्रमुखको पत्र सभामुख सानुकुमार श्रेष्ठले पढेर सुनाउनुभयो । गत वैशाखमा निधन हुनुभएका प्रदेशसभा सदस्य पशुपति चौलागाईंको स्मरणमा मौनधारण गरेपछि सभामुखले भोलि जेठ १७ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>