Breaking News

चितवनमा निषेधाज्ञाको एक महिना पूरा, उल्लंघन गर्ने झन्डै १२ हजार जनालाई कारबाही

Banner

चितवन, जेठ १६ –

चितवनमा हालसम्म निषेधाज्ञा उल्लघंन गर्ने संख्या बढिरहेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि देशभर निषेधाज्ञा जारी गरेको छ । त्यस्तै चितवनमा पनि सरकारले वैशाख १६ गतेदेखी निषेधाज्ञा जारी गरेको आज एक महिना पुरा भएको छ ।

निषेधाज्ञा जारी गरे लगत्तै चितवनमा निषेधाज्ञा उल्लंघन गर्नेहरुको संख्या पनि बढिरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा निषेधाज्ञा उल्लंघन गर्नेहरुको संख्या करिब ११ हजार ७२० रहेको छ । जसमा महिलाको संख्या ४ हजार ३८६ र पुरुषको संख्या ७ हजार ३३४ रहेको छ । भने १ हजार ४३५ चार पाङ्ग्रे सवारी साधन र ६ हजार १४२ दुई पाङ्ग्रे गरी जम्मा ७ हजार ५७७ वटा सवारी साधनलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी तथा प्रवक्ता सुर्य बहादुर थापाले जानकारी दिए ।

यस्तै निषेधाज्ञाको समयमा जबरजस्ती पसल खुलाउने ६७० जनालाई कारबाही गरिएको छ । जसबाट एक महिनामा २२ लाख १८ हजार ९ सय राजस्व संकलन गरिएको डिएसपी थापाले जानकारी दिए ।

एक महिनाको समयमा निषेधाज्ञा उल्लंघन गर्ने मात्रै नभई अपराध गर्नेहरुको संख्या पनि बढिरहेको छ । थापाका अनुसार विभिन्न मुद्दाहरुमा हाल सम्म ७० जना मानिस पक्राउ परेका छन् । जसमा ६७ जना पुरुष र ३ जना महिला रहेका छन् । लागुऔषध, चोरी, अभद्र व्यवहार लगायतका मुद्दाहरुमा उनीहरुलाई पक्राउ गरिएको थापाले बताए । निषेधाज्ञाको समयमा हालसम्म जिल्ला अदालतमा ८१ वटा मुद्दा दर्ता भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>