Breaking News

चितवनमा जंगली च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

Banner

चितवन, १६ –

चितवनमा विषालु च्याउ खाएर एकै परिवारका चार जना बिरामी भएका छन् । जङ्गली च्याउ खाएर पूर्वी चितवनको राप्ती नगरपालिका ४ मा बस्ने कृष्ण बहादुर घिमिरेका छोरा भुवन घिमिरे, बुहारी र श्रीमती बिरामी भएका हुन् । जङ्गली च्याउ खाएर अशक्त भएका चार जनाको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घिमिरेका परिवारले गत शनिबार साँझ नजिकैको सामुदायिक बनबाट च्याउ ल्याएका थिए । च्याउ खाएको केही समयमा नै घिमिरेका सबै परिवारलाई रिगंटा लाग्ने, वाकवाक लाग्ने भएपछि उनीहरुलाई अस्पताल ल्याइएको उनका आफन्त बताँउछन् । समयमा नै अस्पताल आएकोले उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नचिनेको जातको च्याउ नखान स्वास्थ्यकर्मीहरुको आग्रह रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>