Breaking News

बजेटबारे बाबुरामको टिप्पणीः ‘एमालेले गोरखामा उमेदवार नउठाउने भयो ’

Banner

गोरखा,जेठ १६-

पूर्व प्रधानमन्त्री तथा जनाता समाजवादी पार्टीका (जसपा)का संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईले सरकारद्वारा प्रस्तुत बजेटमार्फत एमालेले सिधासादा मतदातालाई ललीपप बॉडेको टिप्पणी गर्नुभएको छ । पूर्व अर्थमन्त्री समेत रहनुभएका डा भट्टराईले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे ट्वीटरमार्फत प्रतिकृया दिनुहुँदै लेख्नुभएको छ– ‘अर्थमन्त्रीमार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन । सिधासादा मतदातालाई ललीपप बॉडेको देखियो ।’

डा भट्टराईले पपुलिज्ममा पनि खासै सिर्जनात्मकता नदेखिएको भन्दै बजेटमा घिसेपिटेका नारा र कार्यक्रम मात्रै भेटिएको समेत टिप्पणी गर्नुभएको छ । उहाँले सरकारले अध्यादेशमार्फत ल्याएको बजेटले जनस्तरमा खासै प्रभाव नपर्ने आशयमा व्यङ्ग्य गर्दै लेख्नुभएको छ– ‘एउटै नयॉ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो !’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>