Breaking News

इराकविरुद्ध नेपाल ६-२ गोलले पराजित

Banner

चितवन,जेठ १६-

इराकविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६-२ गोलले पराजित भएको छ। इराकको बसरामा शनिबार मध्यरातमा भएको खेलको सातौं मिनेटमा घरेलु टिमले अग्रता लिएको थियो। उसका लागि कप्तान अली अब्दुल जहर खासिनले फ्रिकिकमा उत्कृष्ट गोल गरे।

एक मिनेट नबित्दै नेपालले बराबरी गोल फर्कायो। आठौं मिनेटमा अन्जन विष्टको प्रहार क्लियर गर्ने क्रममा इराकका अब्राहम खलाफले आफ्नै पोस्टमा गोल गरेका थिए। ३० औं मिनेटमा डेब्यू खेलाडी मनिष डाँगीको गोलमा नेपालले खेलमा अग्रता लियो। सन्तोष तामाङको पासलाई डाँगीले इराकका गोलरक्षक अघि बढेको अवस्थामा गोल गरेका थिए।

४० मिनेटसम्म २-१ ले अग्रता लिएको नेपालले त्यसपछि पहिलो हाफमा तीन गोल खान पुग्यो। ४० मिनेटमा इराकले बराबरी गोल फर्कायो। अर्को मिनेटमा इराकले तेस्रो गोल गर्‍यो। दोस्रो हाफमा इराकले थप दुई गोल गर्‍यो। ६८ मिनेटमा सुमन अर्यालको ब्याक पास मिस हुँदा अली अलसम्मारीले इराकका लागि पाँचौ गोल गरे।

७४ मिनेटमा सज्जदा जसमिले डिबक्सबाट उत्कृष्ट गोल गर्दै इराकको अग्रता ६-२ मा पुर्‍याएका थिए। नेपालले आगामी साता कुवेत हुने फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटको तयारीका लागि इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो।

अब नेपाल इराकबाट छनोट प्रतियोगिता खेल्ने कुवेत प्रस्थान गर्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>