Breaking News
चितवन,मकवानपुर र नवलपरासी एक सय मिलिमिटर भन्दा धेरै वर्षा, आज रातभरि झरी पर्ने
०

चितवन,जेठ १४-
चितवनसहित देशभरका धेरै ठाउँमा लगातार झरी परेको छ । चितवन आसपासका जिल्लामा एक सय मिलिमिटर भन्दा धेरै पानी परेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार चितवन, मकवानपुर,नवलपरासी लगायत क्षेत्रमा ठूलो पानी परिरहेको छ ।
चितवन,नवलपुर, डण्डा, बर्दाघाट र आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टादेखि वर्षा भइरहेको र थप वर्षा हुने देखिएकोले यस क्षेत्रमा बाढी आउन सक्ने चेतावनी दिइएको छ । अझै ठूलो वर्षाको सम्भावना रहेका बाढी आउन सक्ने हुँदा नदी आसपासमा बसोबास गर्नेहरूलाई सावधानी अपनाउन भनिएको छ ।
यस्तै लगातारको झरीका कारण पहाडी क्षेत्रमा पनि पहिरो जाने खतरा रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । पर्सी आइतवार र सोमवार पानी नपरे पनि मङ्गलवारदेखि फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
फाइल तस्विर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























