Breaking News

नेपालमा पनि नाक,आँखा वा दिमागमा असर गर्ने कालो ढुसीको संक्रमण देखियो,वीरगञ्जबाट विरामी चितवन रिफर

Banner

वीरगञ्ज,बैशाख १४-

कोरोना संक्रमणमुक्त भएकाहरुमा म्युकोर्माइकोसिस अर्थात कालो ढुसीको संक्रमण पुष्टि भएको छ । वीरगञ्जको मंगलम डाइग्नोष्टिक सेन्टरमा कोभिड संक्रमण मुक्त भइसकेका वीरगञ्जका २५, ४५ र ५० वर्ष तीन जनाको केओएच परीक्षण गर्दा संक्रमण देखिएको हो ।

फङ्गस कल्चर गर्दा दुईजनामा म्युकोर्माइकोसिस प्रमाणित भएको डाइग्नोष्टिकका सञ्चालक सिनियर कन्सल्टेन्ट प्याथोलोजिष्ट प्रोफेसर डाक्टर अमरनाथ (एएन) ठाकुरले जानकारी दिए । उनले भने, ‘दुई जनाको कन्फर्म भइसकेको छ, एक जनाको कल्चरको रिपोर्ट आउन बाँकी छ । ’

उनका अनुसार म्युकोर्माइकोसिस दुई चरणमा पत्ता लाग्छ । पहिलो केओएच टेष्ट हो । यसले फङ्गस इन्फेक्सन छ–छैन पत्ता लगाउँछ । कुन फङ्गस इन्फेक्सन हो भन्ने थाहा पाउन कल्चर गर्नुपर्ने हुन्छ । त्यसका लागि एक साता लाग्छ । ‘फङ्गस इन्फेक्सन छ भनेर प्रमाणित भएपछि उपचार शुरु गर्ने बाटो खुल्छ’ उनले भने, ‘त्यसपछि कुन जाति हो भनेर कल्चर गरेर पत्ता लगाउँछौं ।’

म्युकोर्माइकोसिस दुर्लभ, तर खतरनाक फंगल संक्रमण हो । यो पछिल्लो समय कोरोना संक्रमितमा देखा परिरहेको छ । यसले संक्रमित नाक, आँखा वा दिमागमा असर गर्न सक्छ । फोक्सोमा पनि फैलन सक्ने चिकित्सकहरु बताउँछन् ।

नारायणी अस्पतालका डाक्टर निरज सिंह पनि वीरगञ्जमा ब्ल्याक फङ्गसका विरामी भेटिएको र दुई जनाको मृत्यु भइसकेको बताउँछन् । क्लिनिकल्ली भने पहिलो पटक प्रमाणित भएको छ । डा.सिंहका अनुसार पछिल्ला दिनमा भेटिएका ब्ल्याक फङ्गसका विरामीलाई चितवनका साथै भारतको पटना, लखनउ रिफर गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>