Breaking News
संसद विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु
०

काठमाडौं, जेठ १४
संवैधानिक इजलासमा संसद विघटनविरुद्ध दायर रिटहरुको सुनुवाइ सुरु भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा रहेको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, डा। आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य छन् ।
जेठ ७ गते मध्यराति विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै सर्वोच्चमा ३० वटा रिट दायर भएका छन् । १९ वटा रिटमा बिहीबार एकल इजलासमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराले ती सबै संवैधानिक इजलासमा पठाउने निर्णय गरेका थिए । ११ वटा रिट संवैधानिक इजलासमा सोझै दर्ता भएका थिए । विपक्षी १४६ सांसदहरुले दायर गरेको रिट पनि संवैधानिक इजलासमै छ । सांसदहरुको रिट सुनुवाइको आठौं क्रममा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























