Breaking News
प्रतिनिधिसभा विघटनविरुद्ध परेकाे रिटमाथि सुनुवाइ गर्न सर्वोच्च अदालतद्वारा संवैधानिक इजलास गठन
०

काठमाडौं, जेठ १४-
प्रतिनिधिसभा विघटनविरुद्ध परेका ३० रिटहरुको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानि इजलास गठन भएको छ ।
संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार शुक्रबार नै इजलासमा रिटबारे सुनुवाइ गर्ने तयारी छ ।
सरकारको सिफारिसमा गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन विरुद्ध परेका सबै मुद्दाहरु संवैधानिक इजलासमा हेर्ने निर्णय बिहीबार सर्वोच्च अदालतले गरेको थियो । यसअघि गत पुस ५ गते विघटन गरिएको संसदलाई संवैधानिक इजलासले खारेज गरिदिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























