Breaking News

लगातारको वर्षाले कालीगण्डकीमा बाढी आउँदा बेनी–जोमसोम सडक बगायो

Banner

बेनी, जेठ १३-

गएरातीदेखि परेको परेको वर्षाका उत्तरी म्याग्दीमा सडक क्षति भएको छ । पश्चिम बंगालका खाडीमा बिकसित जनवायुको प्रभाव र यास चक्रवातको प्रभावले भएको हुन सक्ने अनुमान गरिएको छ ।

कालीगण्डकी नदीमा पानीको बहाव बढ्दा बेनी–जोमसोम–कोरला कालिगण्डकी करीडोर सडक अन्तरगतको बेनी जोमसोम सडक अबरुद्ध भएको थियो । साँझसम्म ट्रयाक खोलिए पनि सवारी आवतजावतमा जोखिम रहेको प्रहरीले जनाएको छ ।

वर्षाले गर्दा कालिगण्डकीमा पानीको सतह बढेसँगै अन्नपूर्ण गाउँपालिका वडा नं २ भुरुङ तातोपानी संरक्षणमा प्रयोग भएको उपकरण बगाएको छ । म्याग्दीको उत्तरी क्षेत्रमा रहेका कालिगण्डकीका सहायक खोला र झरानामा समेत पानीको बाहब बढेपछि नदी संरक्षणमा प्रयोग भएको मिक्चर सहितको उपकरण बगाएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत सडक र बस्ती संरक्षणका लागि सुरु भएको नदी नियन्त्रण योजना ठेकेदारको लापरबाहीले ढिलासुस्तीले समयमै काम सुरु नहुदाँ बस्ती त जोखिममा परेका थियो नै उनीहरुले प्रयोग गर्ने उपकरण समेत नदीको कटानले गर्दा बगाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>