चितवन विशेष

देवघाट गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

Banner

आशिक राना,

देवघाट,जेठ १३-

तनहुँको देवघाट गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ । आज (विहिबार) लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ बि टु नेपाल एरिया ‘घ’ ले गाउँपालिकाको स्वास्थ्य शाखालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो । देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापामगरलाई लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ बि टु नेपालका गभर्नर रामप्रसाद भट्टले सो अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा अध्यक्ष थापाले बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि देवघाट गाउँपालिकालाई सहयोग गरेकोमा खुशी व्यक्त गर्दै सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । गाउँपालिकाले कोरोना रोकथाम र नियन्त्रणको लागी प्रचारप्रसार, माईकिङ्ग र विभिन्न स्थानमा ब्यानर र देवघाट प्रवेश गर्ने नाकाहरुमा कडाई गरी गाउँपालिका बासीलाई सुरक्षित राख्ने अभियान संचालन गरिरहेको बताउनुभयो ।

सो लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ बि टु नेपालका डिस्ट्रीक गभर्नर भट्टले देवघाट एक पर्यटकीय, धार्मिकधाम हुनुका साथै बृद्धबृद्धाहरु बढी बस्ने क्षेत्र भएकाले चितवन र नवलपुर क्षेत्रका लाइन्स क्लबहरु तथा देश बिदेशमा रहेका लाइन्सहरुबाट सहयोग जुटाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको बताउनुभयो ।

लायन्स क्लबले देशका विभिन्न स्थानहरू बुटवल, बिरगंज,हेटौंडा लगाएत अन्य ठाउँहरुमा स्वास्थ्य सामग्री, स्वास्थ्य उपकरण, आइसोलेशन वार्ड र बिरामीहरुलाई खाना खुवाउने तथा रक्तदान कार्यक्रम समेत गरेको भट्टले जानकारी दिनुभयो ।

सो कार्यक्रममा देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरे, देवघाट गाउँपालिका स्वास्थ शाखा प्रमुख प्रदीप बुढाथोकी, कोभिड संयोजक सिद्धार्थलाल चुके, रिजन चियर प्रशन बालगोपाल चुके, देवघाट लियो क्लब अफ चौतारीका अध्यक्ष आत्माराम पाण्डे लगाएतको उपस्थिति रहेको थियो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>