Breaking News

बुटवलमा कोरोनाबाट एक हप्ताको अन्तरालमा बुवा,आमा र छोराको मृत्यु

Banner

बुटवल,जेठ १३-

कोरोना भाइरस सङ्क्रमणबाट एकाघरका तीन जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका –१० कालिकानगरमा रहेका बुवा,आमा र छोराको मृत्यु भएको हो । एक हप्ताको अन्तरालमा ६९ वर्षिय पुरुष, उहाँका ५९ वर्षीया श्रीमती र ३९ वर्षका छोराको मृत्यु भएको वडाध्यक्ष पदमबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाबु छोराको उपचारका क्रममा भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा र आमाको होम आइसोलेशनमा बसिरहेका बेला मृत्यु भएको हो । सङ्क्रमणबाट यही जेठ ५ गते आमा, जेठ ७ गते छोरा र जेठ १२ गते बुवाको मृत्यु भएको हो । घरकी बुहारीलाई पनि सङ्क्रमणका कारण बुटवलको एन्फा टेक्निकल सेन्टरको आइसोलेशनमा राखिएको र परिवारमा भएको घटनाबारे अझै थाहा नदिइएको वडाध्यक्ष थापाले बताउनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>