चितवन विशेष

भरतपुरमा १५ टिप्पर तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

Banner

चितवन,जेठ १३-

भरतपुरमा १५ वटा टिप्पर तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका छन । भरतपुर महानगरपालिका १६ ज्ञानेश्वरमा निर्माण सामाग्री ढुवानी गरिरहेका टिपरहरु अवरोध गरी क्षति पु¥याउने उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भरतपुर १६ का ३१ बर्षिय विनोद गुरुङ र भरतपुर १६ का २८ बर्षिय सशी कुंवर रहेका छन् । उनिहरुले हातमा ढुंगामुडा बोकी अत्यावश्यक दमकललाई समेत अवरोध सृजना गरको प्रहरीको आरोप छ ।

उनिहरुमाथि म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुधबार नारायणी नदीबाट जथाभावी उत्खनन् भएको र कोरोनाको माहामारीमा अनावश्यक भिडभाड गरेको भन्दै स्थानीय आन्दोलित भएका थिए । सो क्रममा उनिहरुले टायर बालेर प्रर्दशन समेत गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>