Breaking News

निषेधाज्ञाको मौका छोपी चितवनमा खोला दोहन, ६ ट्रयाक्टरसहित चालक नियन्त्रणमा

Banner

चितवन,जेठ १३-

निषेधाज्ञाको मौका छोपेर चितवनमा खोला दोहन बढेको छ । जिल्लाका सबै पालिकाहरुमा मापदण्ड विपरित खोला दोहन बढेपछि चितवन प्रशासनले निगरानी बढाएको छ ।

आज (विहिबार) इच्छाकामना गाँउपालिका ७ भोटी खोलामा अबैध उत्खनन्मा संलग्न ६ ट्याक्टर सहित चालकलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ना ५ त ५२८६ नम्बरको ट्याक्टरका चालक कालिका नगरपालिका २ का २१ बर्षिय सन्देश तामाङ, लु ४ त नम्बरको ट्याक्टरका चालक कालिका नगरपालिका ३ बस्ने २० विर्षय बिनोद तामाङ,ना ५ त ८१९० नम्बरको ट्याक्टरका चालक ईच्छाकामना गाउँपालिका ७ का २१ बर्षिय खड्कसिंह मोक्तान, ना ५ त ८४८२ नम्बरको ट्याक्टरका चालक ईच्छाकामना गाउँपालिका ७ का ३१ बर्षिय रामलाल तामाङ, ना ७ त ६२९८ नम्बरको ट्याक्टरका चालक कालिका नगरपालिका. ३ का २१ बर्षिय सरोज चौधरी र ना ३ त ५०११ नम्बरको ट्याक्टरका चालक कालिका नगरपालिका २ का २८ बर्षिय श्यामकुमार गुरौ रहेका छन । उनिहरुलाई जिल्ला समन्वय समित चितवन मार्फत जनही १० हजार जरिवाना तिराएर छाडिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>