चितवन विशेष

चितवनमा २७० किलो गाँजासहित भारतिय नागरिक पक्राउ

Banner

चितवन,जेठ १३-

चितवनमा २७० केजी गाँजा सहित एक जना भारतिय नागरिक पक्राउ परेका छन । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले राप्ती नगरपालिका १ स्थित प्रहरी विट लोथरबाट ट्रकमा लुकाइछुपाइ ओसारपसार गर्दै गरेको गाँजा बरामद गरेको हो । भारतिय नम्बर प्लेटको एनएल ०१ एन ५८६७ नम्वरको ट्रकमा खानतलासी गर्दा २७० केजी गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरीले ओसारपसारमा संलग्न ट्रक र ट्रकका चालक भारत बिहारको पुर्वी चम्पानगर घर भएका २५ बर्षिय पिन्टु कुमारलाई पक्राउ गरेको छ । चितवन जिल्ला अदालतबाट म्याद थप भई घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>