Breaking News

भरतपुर अस्पतालका फार्मासिस्टहरुको आन्दोलन स्थगित

Banner

चितवन,जेठ १३-

भरतपुर अस्पताल सुधार संघर्ष समितिले आफ्ना आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको छ। अस्पताल प्रशासनले माग पूरा गर्ने लिखित प्रतिवद्धता जनाएपछि समितिले जेठ मसान्तसम्मका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेको हो। अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेण्डेन्ट डा रोशन न्यौपानले थप अध्ययन गरी जेठ मसान्तभित्र माग पूरा गर्ने प्रतिवद्धता जनाएको संघर्ष समितिका संयोजक अजामिन ढकालले बताए।

उनले भने, ‘हामीले उठाएका मागका विषयमा मेसुले हामीलाई जेठ मसान्तभित्र पूरा गर्ने प्रतिवद्धता जनाउनु भएको छ। त्यसैले हामीले सोही दिनसम्मका लागि आफ्ना आन्दोलनका कार्यक्रमहरु स्थगित गरेका छौं।’

अस्पतालमा सञ्चालित फार्मेसी, फार्मेसी स्टोर एवम् फार्मेसी जनशक्तिलाई तोकिएको जिम्मेवारी दिन अस्पताल प्रशासन प्रतिवद्ध रहेको मेसु न्यौपानले बताए। भरतपुर अस्पतालको फार्मेसी स्टोर कानुन विपरीत अहेबको भरमा चल्दै आएपछि त्यहाँका फार्मासिस्टहरु शान्तिपूर्ण आन्दोलनमा थिए।

‘जहाँ औषधि, त्यहाँ फर्मासिस्ट’ नाराको कार्यान्वयन गर्नुपर्ने, फार्मेसी स्टोरमा फर्मासिस्ट नै हुनुपर्ने, स्वास्थ्य मन्त्रालयले तोकेको फार्मेसी जनशक्तिको कार्यविवरण अनुसारको जिम्मेवारी दिइनुपर्ने, ‘राइट म्यान इन राइट प्लेस’ लगायत ६ बुँदे मागसहित उनीहरु जेठ २ गतेदेखि विरोधस्वरुप हातमा कालो पट्टी बाँधेर सेवामा खटिँदै आएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>