Breaking News
कोरोना संक्रमणबाट देशभर १०६ जनाको मृत्यु,६,९३९ जनामा संक्रमण पुष्टि
०

काठमाडौँ, १३ जेठ-
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १०६ जनाको मृत्यु भएको छ भने ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको छ । तेस्तै ७ हजार २२६ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । जसमध्ये १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६,९५१ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























