Breaking News

आज मे २६ चन्द्र ग्रहण लाग्दै,हेर्नुहोस् राशिअनुसार के गर्ने के नगर्ने ?

Banner

चितवन,जेठ १२ –

२०७८ जेठ १२ गते अर्थात् (मे २६) आज चन्द्रग्रहण लाग्दैछ । यो पटकको चन्द्रग्रहण निकै महत्वपूर्ण र विशेष छ । किनकि यो चन्द्रग्रहणका क्रममा विश्वका विभिन्न भागबाट रातो चन्द्रमा देखिनेछ । रातो देखिने चन्द्रमालाई सुपर ब्लड मुन भनिन्छ ।

यस विषयम जानकारी दिँदै  नासाले भनेको छ ‘२६ मे अर्थात् आज चन्द्रमाको पूरै भाग पृथ्वीको छायामा पर्नेछ । अनि जुनबेला चन्द्रमामा पृथ्वीको छाया परिसकेको हुँदैन, त्यसबेला चन्द्रमा पहिलेभन्दा ठूलो तथा चम्किलो देखिने छ ।

बुधबारको सुपर मून वर्ष सन् २०२१ को दोश्रो सुपरमून हो । यसअघि गत अप्रिल २६ मा पहिलो सुपर मून देखिएको थियो । हुन त यो पटकको चन्द्रग्रहण नेपालबाट देख्न पाइने छैन । किनकि आकाशमा चन्द्रोदय हुनु अगाडि नै चन्द्रग्रहणको अवधि सकिने छ ।

तथापि, उत्तर अमेरिका, पश्चिमी र दक्षिणी अमेरिका र पूर्वी एसियाली मुलुकहरूमा खग्रास चन्द्रग्रहण देखिने छ । त्यस क्रममा १४ देखि १५ मिनेटसम्म रातो चन्द्रमा देखा पर्नेछ । खगोलविद्ह‍रूका अनुसार हरेक अढाई वर्षमा एकपटक चन्द्र ग्रहणको बेला रातो चन्द्रमा देखिन्छ ।

हेर्नुहोस्, राशिअनुसार के गर्ने के नगर्ने ?

 चन्द्रग्रहण लागेको समयमा बालबालिका, बृद्धबृद्धा, रोगी, गर्भवती बाहेक अरुले खाना खान नहुने उल्लेख गरिएको छ ।

ग्रहण लागेको समयमा भोजन निषेध हुनुका साथै पकाउने, भूट्ने, बनाउने, काट्ने, औजारको प्रयोग गर्ने, भूमि खन्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण कागजातहरू आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताको मूर्ति तथा तुलसीको बोट स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध गरिएको उनले बताएका छन् ।

ग्रहणको समयमा नदी, तलाउ, पोखरी, तीर्थस्थलसहितका ठाउँमा गएर स्नान गर्ने तथा जीवजन्तुका लागि आहरा दान गर्ने गरिन्छ । यसले राम्रो फल दिने विश्वास गरिन्छ । ग्रहणको समयमा मन्त्र जप गर्ने, ध्यान तथा होम गर्नु पनि राम्रो हुने विश्वास रहिआएको छ ।

ग्रहणको समयमा विकिरण तथा नकारात्मक उर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्नुहुँदैन, यसकासाथै दूध, दही, घ्यू, पानी, अचार आदि छ भने त्यसमा तुलसीपत्र वा कुश राख्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता छ । यसपटकको खग्रास चन्द्रग्रहण उत्तरषाढा र श्रवण नक्षत्रमा परेको हुनाले आउने ६ महिनासम्म उत्तरषाढा र श्रवण नक्षत्रमा कुनै पनि शुभकार्य वर्जित हुन्छ ।

यसका साथै उत्तरषाढा र श्रवण अर्थात मकर राशीमा ग्रहणको योग परेककाले विशेषगरी मकर राशी तथा मकर लग्न भएका जातकलाई प्रतिकूल हुने देखिन्छ । अरु राशीको कुरा गर्दा मेष राशी हुनेलाई ग्रहणको राम्रो प्रभाव रहेको छ । यो राशी हुनेलाई सुख मिल्ने देखिएको ज्योतिषले बताएका छन् ।

वृष राशी भएकाहरुलाई मानहानी हुने, मिथुन राशीकालाई कष्ट हुने, कर्कट राशीका लागि स्त्री पीडा हुने, सिंह राशीका लागि सुखद रहने, कन्यालाई चिन्ता, तुलालाई समस्या बढ्ने, बृश्चिकलाई सम्पत्ति प्राप्त हुने, धनुलाई क्षति हुने, कुम्भको खर्च बढ्ने तथा मीनलाई लाभ हुने योग रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>