Breaking News
चितवनमा निषेधाज्ञा थप्ने तयारी,आज डिसिसिएमसीको बैठक बस्दै
०

चितवन,जेठ १२-
चितवनमा कोरोनाभाइरस (कोभिड–१९) लक्षित निषेधाज्ञा थपिने भएको छ । वैशाख १६ गतेबाट लागू गरेको निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरिएको थियो । थप गरिएको निषेधाज्ञाको समय भोली राति १२ बजेबाट सकिँदै छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठक आज बस्ने र त्यसको सिफारिस अनुसार नै निषेधाज्ञाको समय थप गरिने बताउनुभयो । कोभिड–१९ संक्रमण दर केही घटेपनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्न लागिएको जानकारी दिनुभयो ।
चितवनमा सक्रिय संक्रमितको संख्या चार हजार ८३४ जना रहेको छ । जसमध्ये अस्पतालको आइसोलेसनमा १६२ जना र होम आइसोलेसनमा चार हजार ६५८ जना रहेका छन् । चितवनमा कोरोना संक्रमणबाट २०६ जनाले ज्यान गुमाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























