चितवन विशेष

सेभ द माइन्ड नेपालद्धारा प्रेस चौतारी चितवनलाई स्वास्थ्य सामग्री प्रदान

Banner

चितवन,जेठ ११-

सेभ द माइन्ड नेपालले प्रेस चैतारी चितवनलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आज प्रेस चौतारीको कार्यलयमा संस्थाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।

कोरोनाको जोखिममा फिल्डमा खटिएर काम गर्नुपर्ने भएकाले स्वास्थ्य सामग्री आवस्यक हुने भन्दै चौतारी मार्फत चितवनका पत्रकारहरुलाइ वितरण गर्न सामग्री सहयोग गरेको संस्थाकी अध्यक्ष पुजा भुषालले बताउनुभयो । उहाँले सञ्चारकर्मी सुरक्षित भए घरमै बसेर पनि सूचना थाहा पाउन सकिने भन्दै उहाँले ४० थान पन्जा र ४० बट्टा मास्क सहयोग गरेको बताउनुभयो। नेपाल बोटल वाटर उद्योग संघको अध्यक्ष केशव घिमिरे, मकाउबाट सुदर्सन थापा र अमेरिका बाट राजिव श्रेष्ठले सस्थांलाई पाठाउनु भएको रकमबाट स्वास्थ सामग्री हस्तान्तरण गरेको बताउदै सहयोगी सबैलाई उहाँले धन्यवाद व्यक्त गर्नुभएको थियो।

सामग्री हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी चितवनका सहअध्यक्ष कृष्ण आचार्यले जोखिमको समयमा पत्रकारलाइ सम्झेर सहयोग गर्ने संस्थालाई धन्यवाद दिनुभयो । कोभिडको समयमा पत्रकार जोखिम ठाउँमा जानपर्ने हुनाले स्वास्थ्य सामग्री अति आवश्यक रहेको बताउदै स्वास्थ्य सामाग्री जिल्लाका सबै पत्रकारलाई उपलब्ध गराइने बताउनुभयो ।

चौतारीले जिल्लाका पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गर्दै आइरहेको छ। स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सेभ द माइन्ड नेपालका सदस्यहरु र प्रेस चौतारीका सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>