Breaking News

मलाई गृहमन्त्री दिन्छु भनेर कसैले भनेको छैन,विवादमा नमुछियोस्ः कटवाल

Banner

काठमाडौं,जेठ १२-

नेपालमा गणतन्त्रपछिका पहिलो प्रधान सेनापति बनेका जनरल रुक्माङ्गद कटवालले राजनीतिक दलहरूले तिनको खिचातानीमा आफ्नो नामको दुरुपयोग गर्नु अत्यन्त दूर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् । हालै मात्र जनरल कटवाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री पदमा नियुक्त गर्ने हल्ला चलिरहेको सन्दर्भमा उनले संचारकर्मीसंग कुरा गर्दै दुर्भाग्यपूर्ण भनेका हुन् ।

उनले भने, “मैले आफ्नो अवकाशको जीवन इमान्दारी र सच्चरित्रतापूर्ण रुपमा बिताउन चाहेको छु, र मलाई विवादमा नल्याउन सबैलाई आव्हान पनि गर्न चाहन्छु ।” जनरल कटवालले आफ्नै नाममा एक ट्रस्ट बनाएर विपन्न वर्गको शिक्षामा सहयोग गरिरहेका छन् ।

आफूले इमान्दारीपूर्वक देशको सेवा गर्दा विभिन्न शक्ति समूहसँग निर्णायक रुपमा मूठभेड भएकाले देश र जनताले त्यहीअनुसार मूल्यांकन गरेकोमा गर्व गर्दै जनतालाई चित्त दुःखाएर पद, पैसा र शक्तिको लोभमा फस्दै इमान नबेच्ने दृढता आफूमा रहेको पनि उनले स्पष्ट पारेका छन् ।

निडर र स्पष्टवक्ता सेनापतिको छवि बनाएका कटवालले भने, “मलाई गृहमन्त्री दिन्छु भनेर न त कसैले भनेको छ, न कसैले भन्न आयो भने म स्वीकार गर्नेछु । मलाई थाहा छ मन्त्रीको पदमा बस्न जनताको मत र समर्थन दुवै चाहिन्छ । जनताले चुनेर पठाएको व्यक्तिले नै जनताको सेवा गर्नु पर्छ । यसरी बीचबाट घुसेर न त म मन्त्री बन्छु न यो प्रक्रियालाई समर्थन नै गर्छु ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>