Breaking News

ओलीलाई गिरिजासँग तुलना गर्दै शंकर पोखरेलले भने:  गिरिजा जस्तै भविष्यमा ओलीको खोजी हुनेछ

Banner

दाङ, जेठ ११-

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको तुलना नेपाली कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालासँग गरेका छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै मुख्यमन्त्री पोखरेलले अहिले प्रधानमन्त्री ओलीविरूद्धमा जस्तै अढाइ दशक पहिले नेपाली राजनीति कोइरालाविरूद्ध केन्द्रित रहेको उल्लेख गरेका छन् । त्यसले उतिबेला नेपाली राजनीतिक परिस्थिति झनै जटिल बनेको र मुलुक बहुआयामिक द्वन्द्वको शिकार बन्न पुगेको भन्दै त्यही अवस्थासँग मुख्यमन्त्रीले पोखरेलले अहिलेको अवस्थालाई तुलना गरेका छन् ।

त्यस्तो अवस्थामा राजनीतिलाई ट्रयाकमा ल्याउनपछि पुनः सबैले गिरिजाको खोजी गर्नु परेको जस्तै अहिले नेपाली राजनीति पुनः त्यही बाटोमा हिँड्न लागेको उनले बताएका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धमा पार्टीभित्र र बाहिरका शक्तिहरू जसरी एक ठाउँमा उभिएका छन् त्यसले विकल्प र समाधान दिने अपेक्षा र विश्वास आम मानिसमा छैन,’ पोखरेलले लेखेका छन्, ‘बरु प्रमुख नेताहरूको बढ्दो घेरा बन्दीले उहाँप्रति नै सर्वसाधारणको सहानुभूति बढ्दो छ ।’

आम नागरिकले अहिलेको विवादलाई कुर्सीको लुछाचुडीका रूपमा मात्र बुझिरहेको दाबी गर्दै पोखरेलले त्यसबाट आत्तिएका प्रतिपक्षीहरू विरोधका नाममा प्रणालीलाई नै कमजोर बनाउन लागेको आरोप लगाएका छन् । दलीय अनुशासन र संसदीय प्रणालीविरूद्धको कदमले अनन्तः व्यवस्थालाई नै कमजोर बनाउने निश्चित रहेको उनले तर्क गरेका छन्। ‘त्यस्तो अवस्थाले विगतमा गिरिजाको खोजी भएजस्तै भविष्यमा ओलीको खोजी गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न,’ पोखरेलले लेखेका छन्, ‘तसर्थ समयमै आफ्नै इतिहासबाट शिक्षा लिऊँ र सही बाटोमा अघि बढौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>