Breaking News

चितवनमा एक्कासी भिषण हावाहुरीसहित वर्षा, जनजीवन प्रभावित

Banner

चितवन, जेठ ११
आज मंगलबार चितवनमा भिषण हावाहुरीसहित वर्षा भएको छ । हाल हावाहुरीसहितको वर्षा जारी छ ।

एक्कासी हावाहुरी चलेर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । जिल्लाका धेरै ठाउँमा विद्युत पनि कटौती गरिएको छ ।

चितवनमा पछिल्लो समय कहिले अत्याधिक गर्मी हुने त कहिले एक्कासी हावाहुरी चल्न थालेको छ ।

मौसम पूर्वानुमान महाशाखाले ‘चक्रवात यास’का कारण आज अपराह्नपछि देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुने बताएको थियो । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत भएको हो ।

यो सिजनमा मेघगर्जन–चट्याङ–हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकाले सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>