Breaking News
सर्वोच्च अदालतमा हस्ताक्षरसहित रिट पेस गरेर फर्किए विपक्षी गठबन्धनका नेताहरु
०

काठमाडौं, जेठ १० –
विपक्षी गठबन्धनका शीर्ष नेताहरु सर्वोच्च अदालतमा रिट पेस गरेर फर्किएका छन् । विघटित प्रतिनिधिसभाका १४६ सांसदको हस्ताक्षरसहित रिट पेस गरेर उनीहरु फर्केका हुन् ।
रिट दायर गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेलसहित विघटित प्रतिनिधिसभाका सदस्यहरू सहभागि थिए ।
रिट निवेदनमा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश मागिएको छ । साथै अन्तरिम आदेशद्वारा निर्वाचन बदर र एमालेलगायत जसपाका सांसदलाई कारवाहीबाट जोगाउन समेत माग गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























