Breaking News
संसद पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको माग
०

काठमाडौं, जेठ १०
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालत पुगेका ५ राजनीतिक दलहरुले तत्काल संसद पुनःस्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि परमादेशको माग दाबी गरेका छन्।
आज सोमबार दिउँसो सर्वोच्च अदालत पुगेका गठबन्धनका नेताहरुको रिटमा देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति कार्यालय शीतलनिवासका नाममा परमादेशको माग गरेका हुन ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी (उपेन्द्र पक्ष) र राष्ट्रिय जनमोर्चाका नेताहरु सर्वोच्च अदालत पुगेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























