Breaking News
विपक्षी गठबन्धनका शीर्ष नेताको बैठक सिंहदरबारमा, माधव नेपाल पनि उपस्थित
०

काठमाडौं, जेठ १० –
प्रतिनिधिसभा विघटनको विपक्ष र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बहुमत सदस्यको दावीसहित रिट दायर गर्न सर्वोच्च जानुअघि विपक्षी गठबन्धनका शीर्ष नेताहरू सिंहदरबारमा भेला भएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा अगाडिदेखि नै पुगेका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका माधवकुमार नेपाल , जसपाका उपेन्द्र यादव पनि पुगेका छन् । केहीबेर छलफल गरेर अदालत जाने उनीहरूको तयारी रहेको छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सांसदहरूले रिटमा हस्ताक्षर, वारेसनामा तयारीलगायतका काम सकिएपछि केही बेरमा अदालत जाने तयारी रहेको स्रोतले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























