Breaking News
सांसदहरूको हस्ताक्षर नजुटेपछि ‘प्रचण्ड’ भोलिमात्र अदालत जाने
०

काठमाडौं, जेठ ९ –
विपक्षी गठबन्धनको तयारी नपुगेका कारण भोलिमात्र सर्वोच्च अदालतमा रिट लिएर जाने भएको छ । परमादेशमार्फत शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा जाने तयारीमा रहे पनि माधव नेपाल पक्षका सांसदहरूको हस्ताक्षर नजुटेको र अन्य तयारी पनि नपुगेकाले भोलि बिहान १० बजे अदालत जाने निर्णय भएको हो ।
संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयारी नपुगेका कारण भोलि बिहान आफूहरू भौतिक रूपमै अदालतमा उपस्थित भएर रिट दायर गर्ने बताएका छन ।
उनले माधव नेपाल पक्षका सांसद घटेको भन्ने कुरा गलत रहेको भन्दै १४९ बाट संख्या बढेको बताएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























