Breaking News
राजीव गुरुङ उर्फ दीपक मनाङेले लिए मन्त्री पदको शपथ
०
गण्डकी,जेठ ९ –
गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकूदमन्त्री राजीव गुरुङले आज मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा उहाँलाई शपथ गराउनुभएको हो । प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शपथ ग्रहण समारोहमा उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा सरकारी उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।
गुरुङ यही जेठ ५ गते गराइएको शपथ ग्रहण समारोहमा काठमाडाँैमा भएका कारण उपस्थित हुनसक्नुभएको थिएन । नेकपा (एमाले)का समर्थनमा मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित गुरुङ यसअघि प्रदेश सरकारमा केही दिन युवा तथा खेलकूदमन्त्री हुनुभएको थियो । (रासस)
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























