Breaking News

निषेधाज्ञालाई थप कडाई गर्न सबै प्रमुख जिल्ला अधिकारीहरुलाई सर्कुलर

Banner

काठमाडौं,जेठ ९-

गृह मन्त्रालयले निषेधाज्ञालाई कडाई पूर्वक पालना गराउन सबै प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेको छ । शनिवार सबै प्रजिअलाई कोभिड नियन्त्रणका लागी ‘निषेध आदेशलाई कडाइका साथ कार्यान्वयन गर्न’ सर्कुलर गरिएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) जनकराज दाहालले बताए ।

सरकारले हालै कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–०७८ जारी गरेको थियो । सो अध्यादेश अनुसार प्रमुख जिल्ला अधिकारीको आदेश नमानेर अनावश्यक रुपमा हिँडडुल गर्नेलाई जरिवाना हुने व्यवस्था छ । कोभिड–१९ संक्रमण बढेको तर निषेध आदेश उल्लंघन भइरहेको गृह मन्त्रालयको निष्कर्ष छ । पछिल्लो राजनीतिक घटनाक्रमलाई पनि संकेत गरेर गृह मन्त्रालयले भिडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारीलाई लिखित निर्देशन दिएको छ ।

‘भिडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारीहरुलाई भनिएको छ’ गृह प्रवक्ता दाहालले भने–‘अध्यादेश पनि जारी भएको हुनाले सो अध्यादेशअनुसार कार्यान्वयन गर्न परिपत्र गरेका छौं ।’ गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले शनिवार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर भिडभाड हुन नदिन निर्देशन दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>