Breaking News
बालुवाटारमा चुनावको तयारीका लागि प्रधानमन्त्रीको निर्वाचन आयोगसँग छलफल
०
काठमाडौं, जेठ ८ –
सरकारले कात्तिक २६ र मंसिर ३ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि निर्वाचन आयोगसँग छलफल सुरु गर्न थालेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख निर्वाचन आयुक्तसहित आयुक्तहरुसँग निर्वाचनको लागि आवश्यक तयारी र सरकारको तर्फबाट चाहिने सहयोगका बारेमा छलफल गर्दैछन् ।
विहान ११ बजे शुरु भएको बैठकमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र पूर्व महान्यायाधिवक्ता अग्नि खरेल समभागी छन् । त्यस्तै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयुक्तहरु बैठकमा सहभागी थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























