Breaking News
दुवै दाबी जाली,किर्ते हुन्, दुवै खारेजगरी चुनाव घोषणाहोस्ः कमल थापा
०

काठमाडौं,जेठ ७-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले प्रधानमन्त्री पदका लागि पेश भएका दुवै दाबी दुवै जाली, किर्ते भएको बताउनुभएको छ । प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि गरेको दाबी किर्ते भएको बताउनुभएको हो ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले दुवै दाबी जाली र कीर्ते रहेका आरोप लगाउदै दुवै दाबी खारेज गरी निर्वाचन गर्न राष्ट्रपति विद्यादेवी भण्डालीलाई सुझाव दिनुभएको छ ।
उहाँले समाजिक सञ्जालमा लेख्नुभएको छ, “राष्ट्रपति महोदय,दुवै दावीमा संविधानको धारा ७६ (५)अनुसार विश्वासको मत प्राप्तगर्ने आधार छैन । दुवै जाली÷किर्ते हुन्।दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणाहोस् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























