Breaking News
सपथ अध्यादेशः हटाइयो प्रतिज्ञा गर्दछुु भन्ने शब्द, अब त्यो पर्दैन
०

काठमाडौं,जेठ ७-
सरकारले हालसम्म सपथग्रहण सम्बन्धी संघीय कानुन नभएकाले अध्यादेशमार्फत सपथको ढाँचा कानुनका रुपमा ल्याएको छ । राष्ट्रपतिबाट बिहीबार जारी भएको अध्यादेश बमोजिमको ढाँचा राजपत्रमा शुक्रबार प्रकाशित भएको छ ।
हालसम्म कानुन बिना नै सपथग्रहण भइरहेको र पछिल्लो पटक प्रधानमन्त्रीले सपथ ग्रहण गर्ने क्रममा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द उच्चारण नगरी सपथ लिन्छुमात्र भनेपछि विवाद भएको थियो । राष्ट्रपतिले दोहोर्याएर भन्दा प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भनेको प्रसंग चर्चित छ ।
प्रधानमन्त्रीको सपथ बदर गरी पुनः सपथग्रहण गराउन रिट परे पनि सर्वोच्च अदालतले अन्तरिम आदेश भने दिएन । अध्यादेशमार्फत आएको नयाँ ढाँचामा प्रतिज्ञा गर्दछु भन्ने शब्द हटाएर सपथ लिन्छु भन्ने राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























