Breaking News

चितवनमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

Banner

चितवन, जेठ ७ –

चितवनमा कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु भएको छ । आज चितवनमा विगत २४ घण्टामा थप ९ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार भरतपुर अस्पतालमा १ जना, चितवन मेडिकल कलेजमा ३ जना, पुरानो मेडिकल कलेजमा ३ जना र अन्य अस्पतालमा २ जनाको मृत्यु भएको हो ।

अहिले चितवनका विभिन्न अस्पतालमा ५१८जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् । जसमध्ये २६५ जना आईसीयूमा, ६० जना भेन्टिलेटरमा, ८३ जना एचडीयू र १६१ जनाको सामान्य बेडमा उपचार भइरहेको छ । विगत २४ घण्टामा ५० जनाले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालय जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>