Breaking News

प्रतिनिधि सभालाई बँचाउन प्रधानमन्त्री ओलीको आह्वान

Banner

काठमाडौं, बैशाख ७
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभालाई विघटन हुनबाट बँचाउन सबै दललाई आग्रह गरेका छन् ।

शुक्रबार बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले देशलाई मध्यावधी चुनावमा जानबाट जोगाउन उनले आग्रह गरेका हुन् । सैंवैधानिक प्रक्रियाअनुसार अब देश मध्यावधी चुनावमा जाने संकेत देखिएपछि प्रधानमन्त्रीले ओलीले पत्रकार सम्मेलन गरेर यस्तो आह्वान गरेका हुन् ।

उनले प्रतिनिधि सभालाई जोगाइराख्न की आफ्नो नेतृत्वको सरकारलाई समर्थन गर्न की अरुको नेतृत्वमा सरकार बनाउन सबै दललाई आग्रह गरेका छन् । कोभिड–१९ को माहामारीविरुद्ध मिलेर लड्न सबै दल मिलेर नयाँ सरकार बनाउन पनि ओलीले आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>