Breaking News
सुरुदेखि नै तटस्थ छौं, अहिले पनि अवस्था त्यही छ : महन्थ ठाकुर
०
काठमाडौं जेठ ७ –
नयाँ सरकार गठनमा पनि जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष तटस्थ बस्ने भएको छ । यससँगै संसद (प्रतिनिधिसभा) भंग गरेर फेरि मध्यावधि चुनाव घोषणाको सम्भावना अघि बढेको देखिन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् ।
तर संसदको बहुमतमा निर्णायक मानिएको जसपाको ठाकुर पक्षले फेरि पनि तटस्थ बस्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको बैठकले सरकार गठनको प्रक्रियामा सहभागी नहुने निर्णय गरेको । अध्यक्ष ठाकुरले भने, ‘हामीले त सुरुदेखि नै तटस्थ बस्दै आएका छौं । अहिले पनि हाम्रो अवस्था त्यही छ ।’
आफूहरुको माग सम्बोधन गरिररहेकाले प्रधानमन्त्री ओलीको विपक्षमा जान नसक्ने उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























