Breaking News
मलाई प्रधानमन्त्री बनाउन कुनै प्रस्ताव आएको छैन: महन्थ ठाकुर

काठमाडौं, जेठ ७ –
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफुलाई प्रधानमन्त्री बनाउन क्ुनै प्रस्ताव नआएको बताएका छन् । उनले शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बाहिर चर्चा भएपनि आफूलाई कुनै प्रस्ताव नआएको बताएका हुन ।
स्वयं जसपाका उपेन्द्र यादव पक्षका नेताहरुले ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् भने नेपाली कांग्रेस र माओवादी केन्द्र पनि त्यसमा सकारात्मक देखिएको छ । वैकल्पिक सरकारको प्रधानमन्त्रीका रुपमा अध्यक्ष ठाकुरलाई बनाउने भन्ने चर्चा चलिरहेको छ । तर ठाकुरले भने रुचि देखाएका छैनन् । उनले अघि भने, ‘म सुरुदेखि नै प्रष्ट छु, परिस्थितिजन्य काममा मेरो कुनै इच्छा आकांक्षा छैन । सम्भावनाहरु हुन्छ, सपनाहरु पनि हुन्छ, त्यो त्यति हो ।’
ठाकुरले वर्तमान सरकारले पनि सम्बोधन गरिरहेको बताए । नागरिकतासम्बन्धी अध्यादेश ल्याएको र संविधान संशोधनका लागि कार्यदल बनाएको भन्दै उनले अघि भने, ‘अदालतमा विचाराधीन मुद्दाहरुमा पनि छलफल भइरहेको छ ।


























