Breaking News

लौरो उभ्याएर भएपनि वैकल्पिक सरकार दिउँ,आजै गरौं, अहिल्यै गरौंः बाबुराम भट्टराई

Banner

काठमाडौं,जेठ ७-

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले तत्काल वैकल्पिक सरकार दिन आह्वान गरेका छन् । ‘लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार दिउँ ! आजै गरौं, अहिल्यै गरौं !’ डा.भट्टराईले ट्वीट गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आज साँझ पाँच बजेसम्मको समयसीमा दिएपछि पूर्वप्रधानमन्त्री भट्टराईले यो धारणा सार्वजनिक गरेका हुन् । संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो भन्दै भट्टराईले जे गरेर रक्षा हुन्छ त्यही गर्न भनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>